२० असार, काठमाडौं
कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३(० ले हरायो ।

पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरे ।खेलको ४०औं मिनटमा मेस्सीको पासमा रोड्रिगो डे पउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम ६ मिनेटमा दुई गोल थप्यो । ८४औं मिनेटमा मेस्सीकै पासमा लाउटारो मार्टिनजेले गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै इन्जुरी टाइमको तेस्रो मिनेटमा मेस्सीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । यस संस्करण मेस्सीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा सबैभन्दा अघि छन् ।इन्जुरी टाइमको दोस्रो मिनेटमा इक्वेडरका पिएरे हिनकापीले रातो कार्ड पाएका थिए।अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बयाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

अघिल्लो सामग्रीयुरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै
यसपछिको सामग्रीराष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री पौडेलले सम्बोधन गर्ने