रौतहट,२७ असार रौतहटमा लागुऔषध अफिम सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट खटिएको संयुक्त टोलीले राजदेवी नगरपालिका ३ चण्डिया गाउँबाट अफिमसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी २ बस्ने ३२ वर्षीय अनिल लामा र मकवानपुर बकैयाका सुकलाल वाइबा रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । उनीहरुबाट बा ६० प।५३५ नम्बरको मोटरसाईकल समेत बरामद भएको छ ।
पक्राउ परेका लामा र वाइवा बाट १ किलो कालो पदार्थ लागुऔषध अफिमको चोप फेला परेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले साझावाणीलाई जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । लागु औषध सेवन गर्ने र ओसार पसारमा संलग्न हुनेलाई धमाधम पक्राउ गरीएको र बिशेष टोली खटाएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

अघिल्लो सामग्रीसर्पदंशबाट जोगिन कस्ता सावधानी अपनाउने ?
यसपछिको सामग्रीसीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न