१८ जेठ, काठमाडौं
सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो ।

देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार भने शून्यप्राय रहेको व्यवसायीहरुले बताएका छन् ।

अघिल्लो सामग्रीदोस्रो लहरयता कति जुट्यो अन्तर्राष्ट्रिय सहयोग ,चीनबाट ८ लाख मात्रा खोप आज ल्याइँदै
यसपछिको सामग्रीमेडिसिटी अस्पतालमा उपचाररत, नेता उज्ज्वल थापाको निधन