रौतहट,१३ असार
रौतहटको बृन्दावन नगरपालिकाको पा“चौ नगर सभा आइतबार सम्पन्न भएको छ । रौतहटको बृन्दावनमा सम्पन्न पाचौ नगर सभाले ५५ करोड ४६ लाख अनुमानित बजेत विनियोजन गरेको छ । संघिय सरकारतर्फबाट सशर्त अनुदान २१ करोड ६ लाख । वित्तिय सामान्यीकरणतर्फ १२ करोड ८५ लाख राजस्वतर्फ ९ करोड ४८ लाख ३३ हजार रकम विनियोजन गरेको बृन्दावन नगरपालिकाले जनाएको छ । त्यसैगरि प्रदेश २ सरकारतर्फ सशर्त अनुदान ८५ लाख , वित्तिय सामान्यीकरण ८७ लाख , राजस्वतर्फ ३५ लाख , अनुदान २० दाख र बिशेष अनसदानतर्फ ३० लाख रकम नगर सभाले विनियोजन गरेको हो । नगरपालिकाले यस बर्ष आन्तरिक आम्दानी भने ८० करोड संकलन गर्ने जनाएको छ
रौतहटका १८ स्थानिय तहहरुमध्ये ३ वटाले असार ९ गते र ११ वटा पालिकाहरुले असार १० गते नै नगर सभाको शुरु गरिसकेका छन । रौतहटका ४ ओटा नगरपालिकाले नगर सभा शुरु गर्न सकेको थिएन तर आइतबार बृन्दावन नगरपालिकाले आफ्नो पाचौ नगर सभाको शुरुवात गरेसगै रौतहटका ३ ओटा नगरपालिका गरुडा , बौधीमाइ र देवाही गोनाही नगरपालिकाको नगर सभा भने अन्यौलमा नै रहेको छ ।
आवरण वृन्दावन को पाचौ नगर सभा सम्पन्न,५ करोड ४६ लाख बजेट विनियोजन