रौतहट,असार १
लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य दलित तथा विपन्न परिवारलाई “स्टोरीज अफ नेपाल” समुदायले राहत उपलब्ध गराएको छ । पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं। ९ स्थित दलितबस्तीका ८० घर परिवारलाई राहत वितरण गरिएको हो । प्रति परिवार चामल २० किलो, दाल ३ किलो, आलु ५ किलो, प्याज २ किलो, खानेतेल एक लिटर, नुन १ किलो, नुहाउने साबुन ५ पीस , लुगा धुने साबुन २ पिस, मास्क ५० पिस , जीवनजल ५ प्याकेट र प्याड २ प्याकेटका दरले वितरण गरिएको स्थानीय अगुवा शंकर माझीले बताए ।
यस अघि सिरहाको लहान नगरपालिका वडा नं। १५ लगराहा तथा वडा नं। २४ डाँडाटोल मुसहरबस्तीका ६० घरपरिवार, महोत्तरीको मनरा०शिसवा नगरपालिका वडा नंं। १० स्थित मधवा गाउँमा मुसहर समुदायका ७० घरपरिवार र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं। ४ मा ६० घरपरिवारका लागि खाद्यान्न तथा व्यक्तिगत हेरचाह सामाग्री वितरण गरिएको थियो ।


अशिक्षा, बेरोजगारी र जातिय भेदभावका कारण पिछडिएको दलित समदुायले चरम गरिबीको सामना गरिरहँदा कारोना महामारी र लम्बिदो निषेधाज्ञाका कारण छाक टार्ने समस्या खेप्नु परिरहेकोे अवस्थामा प्रदेश २ का सबै जिल्लामा सके जति विपन्न परिवारलाई खाद्यान्न तथा व्यक्तिगत हेरचाह सामाग्री वितरण गरिएको स्टोरिज अफ नेपालका स्वयंसेवक विकास साहले बताए ।

अघिल्लो सामग्रीराष्ट्रिय टिमको जर्सी डिजाइन गर्न खुल्ला प्रतिस्पर्धा
यसपछिको सामग्रीमेलम्चीमा किन आयो लेदोसहितको बाढी र ?