२६ जेठ, रौतहट
स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् ।

बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।प्रहरीका अनुसार पक्राउ परेका बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पु¥याउन आएको बताएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

अघिल्लो सामग्रीमाइक्रोसफ्ट विन्डोजको नयाँ भर्सन जुन २४ मा
यसपछिको सामग्रीरौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप