१० असार ,रौतहट
रौतहटको मौलापुरमा दुई पक्षबिच झडप भएको छ । रौतहटको मौलापुर नगरपालिकाले कडा सुरक्षा अपनाउदै नगर सभा गर्न थालेपछि विपक्षले अवरोध पुर्याउन खोज्दा झडप भएको हो । मंगलबार मौलापुर नगरपालिकाका विपक्षी दलका कार्यकर्ताहरुले नगरपालिका बिरुद्ध विभिन्न नारा लगाउदै नगर परिक्रमा गरेका थिए । त्यसैगरि बुधबार नगरपालिकाको पक्षमा हजारौ नागरिकहरुले पनि प्रदर्शन गरेका थिए ।
विहिबार नगरपालिकाले नगर सभाको सम्पुर्ण तयारी पुरा गरि नगर सभा गरिरहदा विपक्षीहरुले नगर सभा विथोल्न खोज्दा नगरपालिका पक्षका नागरिकसँग झडप भएको हो । नगर सभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप हुदा एक प्रहरी जवान घाइते हुनु भएको छ भने केही प्रदर्शनकारी पनि घाइते भएका छन ।
झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको जनाएको छ । झडप भएपछि मौलापुर बजार बन्द गरिएको छ । मौलापुरमा नगर सभाको विषयमा झडप भएपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो ।
आवरण रौतहटको मौलापुरमा झडप , प्रहरीसहित प्रदर्शनकारी घाइते