रौतहट ,जेठ २१ रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकाका एक वडा अध्यक्षको  मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा न. २ का वडाध्यक्ष विसुनदेव सहनीको  क्रममा मृत्यु भएको हो । निमाेनिया र काेराेना बाट ग्रसित वडाध्यक्ष सहनीकाे निधन भएको वडाध्यक्षका छाेरा मनाेज सहनीले जानकारी दिए ।
निमाेनिया र काेराेना ले ग्रसित  भएपछि सहनीलाई काठमाडौं स्थित सिभिल हस्पिटलमा  भर्ना गरि उपचाररत  थिय । उपचाररत रहनु भएका अन्दाजी ७५ वर्षिय सहनीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । सोही क्रममा वडा अध्यक्ष सहनीको बिहीबार राति देहावसान  भएको पारिवारिक श्राेतले जनाएको हाे । वडाध्यक्षको निधनप्रति गरूडा नगरप्रमुख ईन्नु राय यादवले दु:ख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना  गर्नु भएको छ ।  यस अघि विभिन्न राेग बाट ग्रसित गरूडा नगरपालिका वडा नम्बर ७ पिपरियाका वडाध्यक्ष राम ईशवर राय यादवकाे पनि निधन जेठकाे पहिलाे हप्तामै भएको थियाे ।

अघिल्लो सामग्रीनिजगढ नगरपालिकाले कोरोना खोप खरिद गर्नकोलागी प्रक्रिया अघी बढायो
यसपछिको सामग्रीपाकिस्तानले उत्पादन र्गर्‍यो आफ्नै देशमा कोरोना खोप