१६ असार,रौतहट
रौतहटको बागमती नदीले खतराको सतह पार गरेको छ । गएरातिदेखि लगातार परेको वर्षाले जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीले सहत पार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटको अनुसार बुधबार बिहान नदीको वहाव ५ सय ३० मि.लि. रहेको छ । ‘सामान्य त बागमती नदीमा ५ सय मि।लि। खतरको लेभल हो,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, ‘आज बिहान बागमती नदीको लेभल ५ सय ३० मि.लि.छ, त्यसैले सबैजना सचेत हुन अत्यावश्यक छ ।’उहाँले नदीमा पानीको सतह बढेपनि नदी छेउमा रहेका बाँधको सतहभन्दा कम रहेकाले तत्काल बाढी गाउँपस्ने जोखिम नभएको बताउनुभयो ।

लगातारको वर्षासँगै जिल्लका बागमती, लालवकैया, चाँदी, झाँझ नदीहरुमा पानीले सतह बढेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

अघिल्लो सामग्रीआँप किन्दा के कुरामा ध्यान दिने ?
यसपछिको सामग्रीरौतहटमा धान रोप्ने क्रममा ढलेर एक युवकको मृत्यु