रौतहट,१४ असार
बिहान हुना साथ वागमति आसपासका मनिसहरुको भिड खोलाको किनारामा देख्न सकिन्छ ।
बर्खा लागे संगै हिजो आ“ज वाग्मती किनारैकिनार हु“दै भीड दिनहु“ खोलामा हुन्छ । पिठ्युँमा भिरेको ब्याट्रीमा तार जोडि ्करेन्ट निकालेर दुवै हातमा बा“सका घोचाले पानी छिचोल्दै करेन्ट लगाएर माछा मार्नेको भीड रौतहट–सर्लाही सीमामा पर्ने वाग्मती नदीमा हिजोआज प्रसस्तै भेटिन्छ ।करेन्ट लगाएर माछा मार्नु प्राकृतिक विपरीत त छ“दै छ, माछा मार्नेको ज्यान पनि उतिकै जोखिममा पर्न सक्छ । तर जोखिमलाई बेवास्ता गर्दै ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्नेको संख्या दिनहु बढेको छ । स्थानीय प्रशासनले खोलामा करेन्ट प्रयोग गर्नर् प्रतिबन्ध लगाए छ तापनि दिनहु“ माछा मार्न विद्युत्को प्रयोग हुने गरेको छ । यसरी करेन्ट प्रयोग गर्नेमा धेरैजसो किशोर÷किशोरी र बाल÷बालिका रहेका छन् ।
वाग्मतीस्थित मंगलपुरका अधिकांश मलाहा जातिकाले करेन्टको प्रयोग गरी माछा मार्दै आएका छन् । रौतहट र सर्लाहि को सिमानाको रुपमा रहेको बागमति नदिमा सर्लाहीका बालकहरू पनि यसमा संलग्न हुने गरेका छन् । सर्लाही कर्मैयाका सुरज सहनीले करेन्ट प्रयोग गरी माछा मार्दा फाइदा हुने सुनाए ।
जाल हानेर दिनहु कुर्नु भन्दा करेन्टले एकैछिनमा माछा मार्न सकिन्छ । हास्दै उनले भने यता समयको पनि बचत उता माछा पनि धेरै पर्ने । रोजगारी नभएपछि बाध्य भएर करेन्टको प्रयोग गरी माछा मार्नुपरेको उनीहरूको बहाना छ । ब्याट्रीबाट निस्केको तार बाँसको लामो लठ्ठीमा जडान गर्छन् । त्यही तारमा करेन्ट प्रवाह हुन्छ । र, नदीमा डुबाउँदै हिँड्छन् । पानीमा तार परेपछि करेन्ट लाग्छ र वरपरका माछा मर्छन् । करेन्ट प्रयोग गर्नेको नजिक जाल थापेर बस्छन् । त्यही जालमा करेन्टको माछा पर्छ । एक जनाले ५÷८ किलोसम्म माछा मार्ने गरेका छन ।
्चन्द्रपुर–१ मा यसरी वाग्मती नदीमा करेन्ट प्रयोग गरी माछा मार्नेलाई पहिले–पहिले प्रहरीले लखेट्ने गरेको थियो । अहिले खुलेआम छ । प्रहरी चौकीनजिक नदीमा माछा मार्नेको ता“ती लाग्छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले करेन्ट प्रयोग गर्नेलाई नियन्त्रणमा लिन नजिकको युनिटलाई आदेश दिइसकेको बताए । नदीमा करेन्ट प्रयोग गर्न पाइ“दैन, यस्तो कामले जलचर संरक्षणमा असर पुग्छ,यस्ता कार्य गरेको पाईएमा कार्वाही गर्छौ डिएसपि लामिछानेले भने । बागमति नदि नजिक प्रहरी चौकी छ तर सुरक्षाकर्मीले नदीमा करेन्ट प्रयोग भएको थाहा पाए पनि रोक्न चासो नदेखाएको स्थानीयको आरोप छ ।
केही दिनअघि वाग्मतीका स्थानीयले करेन्ट प्रयोग रोक्न प्रहरीसमक्ष पत्र दिएका थिए । त्यसपछि प्रहरीले केही समय नियन्त्रणमा चासो देखाएको थियो । अहिले फेरि दिनहु“ खोलामा करेन्ट प्रयोग हुन थालेको छ । जलचर संरक्षण आदेशको २०५९ को दफा ३ अनुसार विस्फोटक पदार्थ, विषालु पदार्थ र विद्युतीय धारको प्रयोग गर्न नदीमा प्रतिबन्ध छ । संरक्षण ऐन २०५५ र संरक्षण आदेश २०५९ ले नदी, खोला, तालमा माछा मार्न वा पक्रन प्रतिबन्ध लगाएको छ ।
यसरी करेन्टको प्रयोगले नदीको जीवलाई खतरमा पार्ने स्थानीय समाजसेवी समीर कार्कीले बताए । हामीले नदीमा करेन्ट प्रयोग सधैंका लागि बन्द हुनुपर्छ भनेका हौं,केही समय रोकिन्छ, चासो देखाउन छाडेपछि फेरि उस्तै हुन्छ ।
आवरण रोकिएन करेन्ट लगाएर माछा मार्ने चलन