२३ जेठ
बिजुलीको बल्बको आविष्कार थोमस अल्बा एडिसनले गरेका हुन् । अहिले बजारमा अनेक खालका बिजुली बल्ब उपलब्ध छन् । धेरै बल्ब उत्पादक कम्पनीहरुले बिजुलीका बल्बमा १र२ वर्षको वारेन्टी पनि दिन्छन् । अर्थात् आमरुपमा बिजुलीको बल्ब धेरैमा २र३ वर्ष टिक्दछ । तर अमेरिकामा एउटा यस्तो बल्ब छ जुन लगातार १२० वर्षदेखि बलिरहेको छ ।
१२० वर्षसम्म निरन्तर बलिरहँदा पनि फ्यूज नभएको बल्ब अमेरिकाको क्यालिफोर्नियामा रहेको छ ।
क्यालिफोर्नियाको लिभरमोर सहरस्थित वारुणयन्त्र केन्द्रमा रहेको उक्त बिजुली बल्ब सेन्टेनियल नामले चिनिन्छ ।
शेल्बी इलेक्ट्रोनिक कम्पनीले बनाएको उक्त बल्ब सन् १९०१ मा जडान गरेदेखि निरन्तर बलिरहेको छ ।
सन् १९३७ मा बिजुलीको तार फेर्नका लागि पहिलोपटक बल्ब निभाइएको थियो केही समयका लागि । तार फेरेसँगै बल्ब पुनः जलाइयो । सन् २०१३ मा यो बल्ब एक्कासी निभेको थियो । बल्ब निभेपछि वारुणयन्त्रका कर्मचारीले बल्ब फ्युज गएको ठानेका थिए । तर बल्बमा समस्या भएर नभई तारमै समस्या भएका कारण बल्ब निभेको रहेछ । बिजुलीका तार मर्मत गरेपछि पुनः बल्ब बल्न थाल्यो ।यो बल्ब संसारमा सबैभन्दा धेरै समयसम्म बलिरहेको बल्बको रुपमा गिनिज बुकमा पनि दर्ज भैसकेको छ ।यो चमत्कारिक बल्ब चौबिसै घण्टा सिसिटीभी क्यामराको निगरानीमा रहेको छ ।
चार वाटको यो बल्ब २४ सै घण्टा बलिरहन्छ । सन् २००१ मा उक्त बल्बको एक सयौँ बर्थडे धुमधामसँग मनाइएको थियो र त्यसक्रममा सांगीतिक पार्टीको आयोजना गरिएको थियो ।बल्ब हेर्न आउने मानिसहरुका कारण वारुण यन्त्रमा कहिलेकाही त निकै ठूलो भिड लाग्दछ । सो बल्बकै कारण वारुणयन्त्र कार्यालय म्युजियम जस्तै बनेको छ ।
एजेसी