चन्द्रपुर,३० आईतवार
आफ्नै श्रिमानले एसिड प्रहार गरे पछि घाईते भएकी दिपिका बि.कं लाई सहयोग जुटेको छ । चन्द्रपुर ०४ की दिपिका बि.कं माथि शनिवार साझ उनकैे श्रिमानले एसिड प्रहार गरे पछि घाईते भएकी थिईन । उनको उपचार एप्पलो अस्पतालमा भईरहेको थियो ।
पिडित बिक लाई महिला अधिकारकर्मी देवकी नेपालले दस हजार नगद, हस्पिटल खर्च र पुजा पाठक तिमल्सिनाले एम्बुलेन्स भाडा बराबरबको रकम सहयोग गरेका छन् । बि.क को थप उपचारको लागी काठमाण्डौँ स्थित कृतिपुर अस्पतालमा रेफर गरीएको छ । तत्कालको लागी यति सहयोग गरेका हौँ,काठमाण्डौमा रहेका साथीहरुलाई खबर गरीसकेका छौ,अस्पतालमा थप सहयोग जुट्नेछ, महिला अधिकारकर्मी देवकी नेपालले भनिन् । चेलीबेटी बेचबिखन,महिला हिसां,बाल श्रम जस्ता जघन्य अपराध निउनिकरण र रोकथामको लागी देवकी नेपाल लामो समय देखी सकृय रहेकी छिन् । यस्तै पुजा पाठक तिमल्सिना मेचि माहकाली बुहारी संयुत्त आवाज समुहकी प्रदेश २ संयोजक हुन् ।
एसिड आक्रमण बाट दिपिकाको पाखुरा र पेटमा घाउ भएको छ । पीडित महिलाका अनुसार शनिबार करिब साँझ ६ बजेतिर विवाद हुँदा उनको श्रीमानले एसिड आक्रमण गरेका थिए। विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडित दिपिका बि.कं ले बताइन् ।
घटना भए लगतै प्रहरीले घाईते दिपिकाकी श्रिमानलाई पक्राउ गरेको थियो । पक्राउ परेका दिपक बिकलाई आज अदालत पेश गरी घटनाको थप अनुशन्धानको लागी जिल्ला अदालत गौर बाट ८ दिनको म्याद थप गरीएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।