जेठ १८
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको छ। बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। यादवलाई कारवाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउनेछ। यसअघि यादवपक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरी निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ।
Uncategorized महन्थ ठाकुरद्वारा उपेन्द्र यादवमाथि कारवाही, साधारण सदस्यसमेत नरहने