भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका ९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ । रोजन शुक्रबार बिहान ११ बजे हराएका थिए । स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम इँटा भट्टा परिसरको खाल्डोमा उनी मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

साभार: अनलाइनखबर

अघिल्लो सामग्रीमेलम्चीमा किन आयो लेदोसहितको बाढी र ?
यसपछिको सामग्रीजलविद्युत् कम्पनीले कमाए ३५ अर्ब