नयाँ वर्ष २०७८ संगै ‘साझावणी दैनिक’ को शुभारम्भ गरेका छौँ । प्रदेश दुई रौतहट जिल्लालाई कर्म भुमी बनाई सदैव निमुखा,उत्तपिडनमा परेका मानिस भएर पनि मानवरुपि सम्मान नपाएका र आवाज बिहिनहरुको आवाज बनेर सदैव पत्रकारीता कर्म लाई आत्मा साथ गरेर कलम चलाउने प्रतिज्ञा गर्दछौँ । स्वतन्त्र लेख्न् बोल्न र जिउका तिउ प्रस्तुत गर्न पाउनु लोकातात्रीक अधिकार हो । हामी सदैव सत्य र तथ्यमा रहेर समाचार सम्प्रेशण गर्नेछौ,न्यायको पक्षमा कलम चलाइरहने छौँ । यात्रामा कतै बिरायै भने पनि यहाँहरुले डोर्याउनु भएको बाटोमा चल्ने छौँ । पत्रिकाबाट समाज देश र सम्रग राष्ट्रको अगुवाको यात्रा तय गरेका हामीले पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि हामीले सदैव अपेक्षा गरेका छौँ । पत्रकारिता कुनै एक ब्यक्ति ,बहालमा असिन भएका र नेतृत्व लाई खुसी पार्न सक्ने पेसा होइन । निर्भय र निष्पक्ष पत्रकारिताले सबैभन्दा प्रवाहित नेतृत्व र बहालमा आसिनलाई बनाउछ । सत्ता, सरोकारवाला र कुनै पनि निकाय सँग हाम्रो कुनै पूर्वाग्रह छैन, प्रश्नहरू अवश्य छन्, जड सम्म पुगेर सत्य उजागर गर्ने रणनिति तय गरेको यात्राको हामी महासंग्राममा छौँ । जनताको आकांक्षा र सत्ताको स्वार्थ बुझना साथ, हामी सदैव विनासर्त जनताको पक्षमा खडा हुने छौँ । प्रतिज्ञा गर्छौ,कसैको लोभ लालचमा लागेर,पत्रकारीता जस्तो मर्यादित पेशालाई बदनाम गराउने कार्य कदापी गर्ने छैनौँ । हामीले प्रस्तुत गर्ने सामग्रीप्रति जिम्मेवार र जवाफदेहिताबाट हामी कहिल्यै पनि पन्छिने छैनौँ । पाठकका अदालतमा साझावाणि दैनिक हरेक बिहान खडा हुनेछ । त्यही नै हाम्रो अन्तिम अदालत हो र त्यसको आदेश हाम्रा लागि परमादेश हो । आदरणीय पाठकबाहेक अरू कसैको प्रमाणपत्र हाम्रा लागि अपेक्षित छैन । मुख्य गरी रौतहट जिल्ला तथा प्रदेश–२ को केही जिल्लामा प्रत्यक्ष विक्री वितरण हुने साझावाणी दैनिकले प्रविधिको विकाससँगै : E-SAJHAVANIDAINIK.COM नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्ने समेत जमर्को गरेका छौँ । यस मार्फत ताजा अपडेट र रंगीन ई-पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज हुने भएको छ । विश्वनै अहिले कोरोना महामारीले आक्रान्त भईरहेको बेला,सामूहिक र जिम्मेवार संकल्पले मात्र यो विपतलाई पराजित गर्नेछ । अझै निर्भीकताका साथ स्थलगत रिपोर्टिङ,वस्तुनिष्ठ र थप अनुसन्धानमुखी बाट हामीले यहाँहरुबाट अटुट माया पाउने अपेक्षा सहित सल्लाह,सहयोग र साथले लामो यात्रा तय गर्न सक्छौँ भन्ने आशा लिएका छौँ ।

अघिल्लो सामग्रीआज बाट शुभारम्भ भएको साझावाणी दैनीकको पहिलो अक २०७८/०३/११
यसपछिको सामग्रीरौतहटमा चट्याङ लागेर युवकको मृत्यु