२५ जेठ, काठमाडौं
भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ । सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन् ।राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार ज्यान जानेमा हुग्लीका १० जना, मुर्शिदाबादका नौ जना, हावडामा दुई र पश्चिम मेदिनीपुर जिल्लामा दुई जना रहेका छन्।
साभार अनलाइ खबर