२० जेठ, काठमाडौं
सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।खेल नेपाली समय अनुसार राति ९.४५ बजे सुरु हुनेछ ।कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले खेल जित्न चाहन्छौ । प्रि(म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, धेरै मैत्रीपूर्ण खेल पाएनौं । हामीसँग युवा टिम छ । प्रतिभावान टिम र खेलाडी छन् । उनीहरुलाई हामीले जोड दिनुपर्छ ।
अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने बताए ।कुवेतको मौषममा खेल्न सहज छैन । दुबै टिमका लागि कठिन हुनेछ ।प्रशिक्षक अलमुताईरीले भने ।
ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो ।