डिएसपिसहित ७ जना सुरक्षाकर्मी घाइते , ३ पक्राउ
रौतहट २४ जेठ
रौतहटको मध्य भागमा रहेको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरीबिच झडप हुदा डिएसपिसहित ७ जना प्रहरी घाइते भएका छन । गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानियले ३ ओटा विवाहमा भिडभाडका साथ डिजेसहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अबस्थामा प्रहरीहरुले सम्झाइ बुझाइ सो कार्य स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि गर्न गराउन निर्देशन दिइ प्रहरी फर्किने क्रममा एक्कासी स्थानियले प्रहरीमाथी ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि शिद्धिविक्रम साहले जानकारी दिए । झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका डिएपि द्धारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन । घाइते डिएपिसहित प्रहरीहरुको स्थानिय गरुडास्थित ग्राण्डि सिटी अस्पतालमा उपचार भइरहेको एसपि साहले बताउनु भयो । गएराती अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो सामग्रीशिक्षामन्त्रीले असार १ देखि विद्यार्थी भर्ना थाल्न निर्देशन गरायो
यसपछिको सामग्रीगजल