नवराज चौलागाईं
निजगढ,२०जेठ
निजगढ नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिद गर्नकोलागी प्रक्रिया अघी बढाएको छ । कोरोनाविरुद्धको खोप किन्न लागेको निजगढ नगरपालिका बारा जिल्ला कै पहिलो स्थानीय तह भएको छ ।
निजगढ नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिदकोलागी केन्द्र सरकारसंग अनुमति मागेकोछ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयसंग कोरोना भाईरस विरुद्धको खोप माग गर्दै यदि उपलब्ध गराउन नसके नगरपालिकाको आफ्नै आर्थिक स्रोतबाट खरिद गर्न स्वीकृति दिन मेयर सुरेश कुमार खनालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्नुभएकोछ । मेयर सुरेश कुमार खनाल संयोजक रहनुभएको निजगढ नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले २० हजार डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेकोथियो ।
नगरबासीको माग अनुसार खोप खरिद गर्न लागिएको मेयर खनालले बताउनुभएकोछ । यसैबीच कोरोना खोप खरिद गर्नकोलागी निजगढ नगरपालिकाले प्रक्रिया अघि बढाएकोप्रति नेपालि कांग्रेसका नेता पेमासिद्धि लामाले स्वागत व्यक्त गर्नुभएकोछ । बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र क का प्रत्यासी उम्मेदवार समेत रहनुभएका नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि लामाले सामाजिक संजाल फेशबुक मार्फत निजगढ नगरपालिकालाई अन्य बिकास बजेट कटौती गरेरै भएपनि नागरिकको स्वास्थ्य सुरक्षाकोलागी कोरोना खोप खरिद गर्न माग गर्नुभएकोथियो । यसैगरी निजगढ नगरपालिकाका जनप्रतिनिधिहरुले मासिक सुविधाहरु वापत पाउने १ महिनाको रकमबाट पेसेन्ट मनिटर खरीद गर्ने भएकाछन ।
कोरोना संक्रमितहरुको उपचारकोलागी निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको अईसोलेसनमा जनप्रतिनिधिहरुको १ महिनाको सुविधा वापतको रकमबाट ३ थान पेसेन्ट मनिटर खरिद गरेर उपलब्ध गराईने मेयर सुरेश कुमार खनालले बताउनुभयो । कोरोना संक्रमित विरामीहरुको भाईटल्स मनिटर गर्ने डिस्प्ले स्क्रीन मनिटर उपलब्ध गराईदिन प्राथमिक स्वास्थ्य केन्द्रले गरेको अनुरोध अनुसार आवश्यक उपकरण खरिद गरेर उपलब्ध गराउन लागिएको मेयर खनालले बताउनुभयो । सो मनिटरले बिरामीको मुटुको चाल,रक्तचाप,श्वाशप्रश्वाशको अवस्था सजिलै थाहा पाउन सकिने भएकाले कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रकोलागी नगरपालिकाको विपद व्यवस्थापन समितिले २ थान जेनेरेटर समेत खरिद गरेर उपलब्ध गराईने भएकोछ ।
आवरण निजगढ नगरपालिकाले कोरोना खोप खरिद गर्नकोलागी प्रक्रिया अघी बढायो