रौतहट २२ जेठ रौतहटको चन्द्रपुर—८ सन्तपुरमा रहेको धुर्मुस सुन्तली फाउण्डेसन द्धारा निर्मीत एकिकृत नमुनाबस्तिलाई खाद्यान्न सामार्गी प्राप्त भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष तथा कलाकारद्धय सिताराम कटेल धुर्मुस सहितको टोलीले शनिबार सो बस्तिका ५० घरपरिवारलाई विभिन्न खाद्यान्न सामाग्री वितरण गरेको हो । पोर्चुगलमा लामो समय देखी रहदैआएका युवाहरुको ,ग्लोबल नेपलिज सोसाइटी नामक संस्थाको सहयोगमा अर्जुन भुसालको समन्वयमा सो बस्तिमा रहेका ५० परिवारलाई आज खाद्यान्न सामाग्री बितरण गरीएके हो ।
बस्तिका परीवारलाइ केही महिना पुग्ने ५० बोरा चामल सहित दाल , नुन तेल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कटेल धुर्मुसले बताए । नहरका डिलमा अब्यबस्थित रुपमा बसोबास गरिरहेका मुसहर , डुम , चमार समुदायका ब्यक्तिहलाई केही बर्ष अगाडी कलाकार सिताराम कटेल तथा कुञ्जना घिमिरेले ५० घरपरिवारलाई घर बनाइ दिएका थिए । कोरोना महामारीका कारण सो बस्तिका नागरिकहरुले मजदुरी पनि गुमाएपछि उनीहरुको दैनिकीमा कठिन भएको थियो । आफुले बनाएको नमुनाबस्तिमा बसेका नागरिकहरुलाई समस्या भएपछि अर्जुन भुसालकाृ सहकार्यमा ग्लोबल नेपलिज सोसाइटीको सहयोगमा शनिबार सो खाद्यान्न वितरण गरेको कलाकार धुर्मुसले बताउनु भयो । उहाले रौतहटसँगै सो बस्तिका नागरिकहरुसँग गहिरो सम्बन्ध रहेको बताउनु हुदै बस्तिको संरक्षण गर्नु आफ्नो कर्तब्य रहेको बताउनु भएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी , सुरक्षा निकायका ब्यक्तिहरु , सञ्चारकर्मी फणी महत,सागर हुमागाई लगायतको सहभागीता रहेको थियो । नमुना बस्तिमा खाद्यान्न सामाग्री बितरण सकेर बर्दिवासमा रहेको नमुना बस्तीमा पनि खाद्यान्न बितरण गरीने सामाजीक अभियन्ता अर्जुन भुषालले बताए ।