३० जेष्ठ/ डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले उनको अवस्था ठिक तर स्थिर रहेको बताएका छन् । डेनिस फुटबल फेडेरेसनले पनि अहिले एरिक्सनको अवस्था ठिक रहेको जनाएको छ ।

युरोकप २०२० अन्तरगत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।

बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर कार्डियो पल्मोनरी रिससिटेसन पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

झन्डै डेढ घन्टापछि खेल शुरु हुदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ ।घट्नापछि डेनमार्क र फिनल्यान्डका खेलाडी, अफिसियल, मैदानमा खेल हेर्न पुगेका समर्थकहरुमा सन्नटा छाउँदा सबैको गहभरि आशु भरिएको थियो ।घट्नापछि आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि सुरु भएको थियो । त्यसपछि युरोमा डेब्यु खेल खेलिरहेका फिनल्यान्डले १–० को जित निकाल्न सफल भयो ।

पहिलो हाफमा फिनल्यान्डलाई लगातार दवावमा राखेको डेनमार्कले यो घट्नापछि दोस्रो हाफमा भने एरिक्सनकै चिन्ताका कारण स्वभाविक खेल पस्कन नसक्दा पराजित हुन पुग्यो । फिनल्याण्डको जितमा ६०औं मिनेटमा पोहनजनपालेले गोल गरेका थिए । अब डेनमार्कले अब १७ जुनमा बेल्जियम र २२ जुनमा रसियासँग खेल्ने छ ।
एजेन्स

अघिल्लो सामग्रीसेयर कारोबार बन्द गर्न ‘एओेएन’को निर्देशन
यसपछिको सामग्रीधनुषाको मुखियापट्टीमा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु