२३ जेष्ठ, काठमाडौं
फिफा विश्वकप(२०२२ तथा एसियन कप २०२३) अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले भोलि (सोमबार) बलियो राष्ट्र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । जोर्डन र नेपालबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ । जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजना हुनेछ । अघिल्लो खेलमा चाईनिज ताईपेलाई हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । तर, बलियो प्रतिद्वन्दी जोर्डनलाई हराउन नेपालको लागि कठिन हुनेछ ।

जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ ।
नेपाल ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन ।
नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९ र ० ले पराजित भएको थियो ।जोर्डनका हसन अब्देल फाथले चार गोल गरेका थिए । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १ र १ गोलको बराबरीमा रोकेको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो ।दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो । जोर्डनका अल मुर्जनले गोल गरेका थिए ।पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो ।विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३ र ० ले पराजित भएको थियो ।जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान १ र १ गोल गरेका थिए ।

अघिल्लो सामग्री४९ जनाविरुद्ध २१ दिने सूचना ललिता निवास प्रकरणमा
यसपछिको सामग्रीशिक्षामन्त्रीले असार १ देखि विद्यार्थी भर्ना थाल्न निर्देशन गरायो