रौतहट,१९ जेष्ठ // कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानिय प्रशासनले निषेधाज्ञाको अवधि ७ दिन थप गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी निषेधाज्ञाको अवधि ७ दिन थप गरेको हो। यस अघि यही जेष्ठ १३ गते राति १२ बजेदेखि १९ गते राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो ।उक्त निर्णय जेष्ठ १९ गते राति १२ बजेसम्मका लागि थियो। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले ७ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । कोरोना संक्रमणमा नियन्त्रण आएको भन्दै जेष्ठ २६ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको जिल्ला अधिकारि इन्द्रदेव यादवले बताएका छन्। बैंक तथा वित्तीय संस्था खाद्य सामाग्री किराना फलफुल तरकारीका पसलहरु हप्ताको ३ दिन आइतवार, मंगलवार र बिहिवार मात्र संचालन गर्न पाउने भएका छन । अन्य दिन भने सबै ब्यापार ब्यावसाय बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
आवरण चौथो पटक पुनः ७ दिनको लागी जिल्लामा निषेधाज्ञा थप