असार १५,चन्द्रपुर
आज असार १५ नेपालभर धान दिवस मनाइँदैछ । धान दिवसको अवसर पारेर रौतहटमा पनि बिभिन्न स्थान मा धान रोपाई गरेर तथा दहि,च्युरा र आप खाएर मनाईएको छ । रौतहट को चन्द्रपुरमा पनि शुभकामना आदान प्रदान गरेर धान दिवस मनाईएको छ । चन्द्रपुर ०६ स्थित जि.पि. उधान,डावरी मा नेपालि कांगेस का महा समिति सदस्य मिथिलेस कुमार मिश्र को आयोजनामा शुभकामना आदान प्रदान गरेर धान दिवस मनाईएको छ ।


२०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

अघिल्लो सामग्रीकोरोनाको खोप लगाए मात्र विदेशबाट फर्केकाहरु सीधै घर जान पाउने
यसपछिको सामग्री१० लाख भन्दा बढीले जमिनको लागी लागत फारम भरे — आयोग अध्यक्ष ज्ञावली