चन्द्रपुर,१८ जेष्ठ रौतहटको चन्द्रपुर दुईमा रहेको अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामार्गी हस्ताणतरण गरीएएको छ । चन्द्रपुरका युवाहरुले आज एक कार्यक्रम बिच मास्क सेनिटाइजर,अक्सिजन रेगुलेटर,सहितको आवस्यक स्वास्थय सामाग्री अस्पताललाई हस्ताणतरण गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको दोश्रो लहरको कोभिड को नया भेरियन्ट देखा परे सगै रौतहटमा संक्रमीत बढ्दै गए पछि कोभिड अस्पताल मा स्वास्थ सामाग्री हरु अभाव हुँदै गएका थिए । कोरोना जस्तो महामारीको उपचार तथा रोकथामका लागि एक जुट हुन र अस्पताललाई सहयोग गर्न चन्द्रपुर ०६ का सुशिल अधिकारीले अभियान समेत चलाएका थिए ।
चन्द्रनिगाहपुरका युवाहरुको को सहयोगमा , ८ थान अक्सिजन फ्लो मिटर, २५ थान पीपीई सेट, ७ थान नेबुलाईजर,२० थान ग्गल्स, ५० थान फेस सिल्ड र २५ थान सेनिटाईजर हस्तान्तरण गरेको अभियन्ता सुशिल अधिकारीले बताए । कोरोना जस्तो माहामरी संग लड्न नागरिक स्तरबाट सहयोग गर्नु राम्रो रहेको स्थानीय उदय सापकोटाले बताए ।