असार,८ रौतहट
नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई गृह जिल्लामा कालो झण्डा देखाईएको छ ।
रौतहटको मध्य भाग गरुडा स्थित झाज पुल नजिक कालो झण्डा देखाउने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद झा मन्त्री नियुक्त भए पछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समुहले उनलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए ।पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा ५ का विजय यादव र दिपेन्द्र यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

अघिल्लो सामग्रीपत्रकार पटेललको पहलमा अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध
यसपछिको सामग्रीकीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको होडमा पनि अघि