गुगलले आजदेखि ‘गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजको सुविधा हटाएको छ । पूर्वघोषणाअनुसार नयाँ योजना लागू गर्दै गुगलले अनलिमिटेड स्टोरेजलाई १५ जीबीमा सीमित गरेको हो । अब गुगल फोटोज, जीमेल र गुगल ड्राइभमा १५ जीबीभन्दा माथिको स्टोरेज गर्नुपरे पैसा लाग्नेछ ।

फाइल ब्याकअपले १५ जीबी नाघेपछि महिनाको १.९९ डलर तिर्नुपर्छ । गुगलका अनुसार एक वर्षको तिर्छु भन्नेहरूले यस्तो रकम १९.९९ डलर बुझाउनुपर्छ ।

गुगललाई पैसा तिरेर पाएको स्पेसमा तपाईंले एक सय जीबीसम्मका फाइल राख्न सक्नुहुन्छ । गुगलले हाई क्वालिटी अनि एक्सप्रेस क्वालिटीका सबै नयाँ तस्वीर र भिडियो ब्याकअपलाई १५ जीबीमा गणना हुने गरी स्टोरेज पोलिसी परिवर्तन गरिएको जनाएको छ ।

गुगलको पिक्सेल फोन प्रयोगकर्ताले भने अनलिमिटेड स्टोरेजको सुविधा पाउनेछन् । यसैगरी, पहिलेदेखि नै गुगल वनमा अपग्रेड गरिसकेका र गुगलको बिजनेस सर्भिसेस प्रयोग गरिरहेका प्रयोगकर्ताहरू पनि नयाँ स्टोरेज नीतिबाट प्रभावित नहुने गुगलले जनाएको छ ।

यसका साथै आजदेखि तपाईंले लगातार दुई वर्षसम्म गुगल प्रयोग गर्नुभएन भने वा दुई वर्षसम्म डाटा लिमिट पूरा भएपछि पनि अपग्रेड गर्नु भएन भने गुगलले तपाईंका फाइलहरू डिलिट गरिदिन सक्छ । जस्तो कि, तपाईंले लगातार दुई वर्षसम्म गुगल फोटोजको प्रयोग गर्नुभएन तर ड्राइभ र जीमेलचाहिँ चलाइरहनुभएको छ भने तपाईंको फोटोजका डाटा डिलिट हुनेछन् । अर्थात् गुगलको जुन(जुन प्रोडक्टमा तपाईं एक्टिभ हुनुहुन्छ, त्यसैका फाइल मात्र सुरक्षित हुनेछन् ।

गुगल फोटोजदेखि स्टोरेज खाली गर्न के गर्ने

तपाईंले आफ्नो अकाउण्टदेखि अनावश्यक फोटो, भिडियो एक(एक गरेर आफैँ पनि डिलिट गर्न सक्नुहुन्छ । अथवा गुगलको स्टोरेज म्यानेजमेन्ट टुलको सहायता लिन सक्नुहुन्छ । जततउकस्ररयलभ।https://one.google.com/storage/management यो गुगलको स्टोरेज म्यानेजमेन्ट टुलको लिंक हो ।यहाँबाट तपाईंले जीमेल, फोटो र ड्राइभका ठूला फाइलहरूलाई एकैसाथ डिलिट गर्न सक्नुहुन्छ ।

स्टोरेज म्यानेजर ब्याकअप फ्रिक्वेन्सी र फाइल साइजले कहिलेसम्म तपाईंको स्टोरेज लिमिट सकिन्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । तपाईंले आफूलाई चाहिने फोल्डर सिलेक्ट गरी फोनबाट अनावश्यक फाइल्सको ब्याकअप बन्द गर्न सक्नुहुन्छ । फोटो, भिडियोको अपलोड क्वालिटी घटाउन सक्नुहुन्छ ।

च्क्ष्त्श्क्जष्पजबच क्ष्लकगचबलअभ
कम्पनीका अनुसार एभरेज गुगल प्रयोगकर्ताका लागि स्टोरेज लिमिट सकिन करिब तीन वर्ष लाग्छ ।

अनि अहिले गुगल फोटोजमा भएका फाइल के हुन्छ

गुगलले प्रस्ट भनेको छ( १ जूनअघिका फाइलहरूलाई फ्रि स्टोरेजमा गनिनेछ । अर्थात् आजभन्दा अगाडिका फोटोजमा जुन डाटा तपाईंले ब्याकअप गरेर राख्नुभएको छ, यसलाई तपाईंको १५ जीबी फ्रि स्टोरेजमा गणना गरिने छैन । तपाईं यी फाइल्सलाई डाउनलोड गर्न सक्नुहुन्छ । स्टोरेज भरिएपछि तपाईंले यी फाइल्सलाई एडिट गर्नुभयो भने एडिटेड फाइल डाउनलोड गर्न मिल्दैन ।

कसलाई पर्दैन असर

माथि पनि उल्लेख गरिसकिएको छ । गुगल स्टोरेजको वरिवर्तित नीतिले गुगलको पिक्सल फोन प्रयोगकर्ता, पहिलेदेखि नै गुगल वनमा अपग्रेड गरिसकेका, गुगलको बिजनेस सर्भिसेस प्रयोग गरिरहेका प्रयोगकर्ताहरूलाई भने कुनै असर गर्ने छैन ।

अहिले गुगलको फ्रि स्टोरेजमा के(के गणना हुन्छ

गुगलले तपाईंलाई १५ जीबी फ्रि स्टोरेज दिएको छ । त्यसमा गुगल ड्राइभ, जीमेल र गुगल फोटोजमा स्टोर हुने फाइल्स गनिन्छ ।

गुगल ड्राइभ

ड्राइभ को माइ ड्राइभ सेक्सनभित्र स्टोर हुने फोटो, भिडियो र डकुमेन्टहरू ।
ड्राइभको ट्रास सेक्सनभित्र डिलिट गरिएका फाइलहरू ।

जीमेल

मेल र मेलका अट्याचमेन्टहरू ।
स्पाम र ट्रास फोल्डरभित्रका मेल र फाइलहरू ।

गुगल फोटोज

ओरिजिनल क्वालिटीमा ब्याकअप गरिएका फोटो र भिडियो ।

गुगल स्टोरेजमा के के काउन्ट हुँदैन

गुगल ड्राइभमा तपाईंसँग अरूले शेयर गरेका फाइलहरू
गुगल साइट्सका डाटा ।
गुगल डक्स, सिट्स, स्लाइड्स, फर्म्स, जेमबोर्डर ड्रोइङको डाटा ।

अघिल्लो सामग्रीमेडिसिटी अस्पतालमा उपचाररत, नेता उज्ज्वल थापाको निधन
यसपछिको सामग्रीमहन्थ ठाकुरद्वारा उपेन्द्र यादवमाथि कारवाही, साधारण सदस्यसमेत नरहने