बसन्त आचार्य

आयो कहाँबाट अकालको मृत्यु यहाँ
लग्यो छिनभरमै सासै खिचि लगि काँहा!

हेर्यो.. छानी, बासैको लागि छिर्छ जहाँजहाँ
फेर्यो कहिलेको रिसले हो, घेरिदिन्छ त्यहाँ

खायो आहारा बनाइ कतै नहेरी दायाँबायाँ
दियो सबैलाई रुवाबासी दुख पीडा र बेदना

टर्यो भनी बस्दा पनि आइरहन्छ घरी छाया
हर्यो कयौंको खुशी सहारा भरोसा र माया

लियो आफ्नो हठ, छाडेन देखाएन कुनै दया
पायो त्यस्ले निहुँ पारी, खाइ रोग बनाइ नयाँ!!

अघिल्लो सामग्रीनिषेधाज्ञा पालना गराउन गएका प्रहरी माथी जाई लागे पछि
यसपछिको सामग्रीपश्चिम बंगालमा चट्याङ लागेर २३ ले ज्यान गुमाए