२५ जेष्ठ, रौतहट
कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेला पीपीई लगाएर रौतहटको गाउँगाउँमा रामजी राम र साथीहरू । रौतहटको हथीऔल, इनरुवा, हरैया, मलाही टोल, बिर नगरा, बढियारपुर, तिलमिलिया, गेढही, जिंगरिया टोलमा पछिल्ला आठ दिनयता पीपीई लगाएर हिँड्नेमध्येका एक हुन् रामजी राम । वीरगन्जको नेसनल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका उनी तिनै रामजी हुन्, जो गत वर्षको पुसमा चर्चामा थिए ।

रामजी कोरोना संक्रमणपछि सुरु भएको कडा लकडाउनका पछिल्ला आठ दिनयता आफ्ना पाँच साथीसहित रौतहटका बस्तीमा छन् । दुर्गम ग्रामीण भेगमा फैलिँदो संक्रमण, यसबारे व्याप्त गलत बुझाइ र लक्षण हुँदा पनि परीक्षण नगरी बस्ने समस्या हल गर्न उनीहरू बस्ती खोज्दै डुलिरहेका छन् । यो टोलीलाई अन्य १० जना स्थानीय युवाहरूले सघाइरहेका छन् ।रामजी कोरोना संक्रमणपछि सुरु भएको कडा लकडाउनका पछिल्ला आठ दिनयता आफ्ना पाँच साथीसहित रौतहटका बस्तीमा छन् । दुर्गम ग्रामीण भेगमा फैलिँदो संक्रमण, यसबारे व्याप्त गलत बुझाइ र लक्षण हुँदा पनि परीक्षण नगरी बस्ने समस्या हल गर्न उनीहरू बस्ती खोज्दै डुलिरहेका छन् । यो टोलीलाई अन्य १० जना स्थानीय युवाहरूले सघाइरहेका छन् ।

कोरोना संक्रमणबाट बच्नभन्दा पनि भोकको औषधि खोजिरहेकाहरूको कुरा सुनेपछि रामजीले कोभिड अलायन्स र क्रिएसन नेपालसँग सहकार्य गरेर दुई दिनयता विपन्न परिवारलाई २० केजी चामल, एक लिटर तेल, ६ किलो आलु, एक–एक किलो दाल र २ केजी नुन वितरण गर्न थालेका छन् । रामले भने, ‘शनिबारसम्म १ सय १० परिवारलाई खाद्यान्न बाँड्यौं । जसमा ७५ भन्दा धेरै दलित परिवार छन् ।

अघिल्लो सामग्रीपश्चिम बंगालमा चट्याङ लागेर २३ ले ज्यान गुमाए
यसपछिको सामग्रीशिल्पाको अधुरो प्रेम कहानीः अक्षयले बिहेको बाचा गरेर दिएका थिए धोका