निजगढ,२२ जेष्ठ ।
नेपालि कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका पुर्व स्वास्थ्य मंत्री तथा बारा निर्वाचन क्षेत्र नम्बर १ का सांसद उमाकान्त चौधरीले निजगढ नगरपालिकालाई स्वास्थ्य सामाग्री तथा उपकरण वितरण गर्नुभएकोछ। चौधरीले शनिबार निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाललाई कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नकोलागी आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गर्नुभएकोहो ।
नेता चौधरीले नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर,पांच थान अक्सीमीटर,पैतीस लिटर स्यानिटाईजर,चार हजार पचास थान सर्जीकल मास्क हस्तान्तरण गर्नुभएकोहो । यसैगरी कांगेस नेता तथा निजगढ उध्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष रमेश दंगालले एक थान अक्सीजन कन्सनट्रेटर मेयर खनाललाई हस्तान्तरण गर्नुभएकोछ । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणकोलागी आफ्नो क्षेत्रका स्थानीय तहहरुले गरेका कार्यक्रममा आफ्नो तर्फबाट थप सहयोग प्रदान गर्ने उद्धेश्य स्वरूप आवश्यक स्वास्थ्य सामाग्री र उपकरणहरु वितरण गरिएको चौधरीले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै नेता चौधरीले देश र जनताले कोरोना संक्रमणको चपेटामा परेर अप्ठेरो परिस्थितिको सामना गरिरहनुपरेको समयमा प्रधानमन्त्री सत्ता जोगाउने प्रयासमा रहनुभएको भन्दै दुख व्यक्त गर्नुभयो । बहुमत सांसदको हस्ताक्षर सहित राष्ट्रपति समक्ष विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्ने दाबि पेश गरेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद विघटनकोलागी सिफारीस गरेर रातारात प्रतिनिधिसभा विघटन हुनु र मन्त्रीमंडल पुनर्गठन जस्ता क्रियाकलापले सरकार जनताको स्वास्थ्यप्रति भन्दा पनि सत्तामोहतर्फ केन्द्रित रहेको प्रष्ट रहेको जनाउनुभयो । नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनतर्फ सरकारले आर्थिक श्रोत जुटाउनुपर्नेमा संविधानको मर्म विपरित मध्यावधि चुनावमा अर्वौ रुपैंया खर्च गरेर सरकारले अन्तराष्ट्रिय स्तरमै देशको बदनाम गर्न खोजेको टिप्पणी गर्नुभयो । स्वास्थ्य सामाग्री ग्रहण गर्नुहुदै मेयर सुरेश कुमार खनालले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागी आफुले सांसद चौधरीसग शुरुवाती चरणदेखी नै सल्लाह र समन्वय गर्दै आएको जनाउनुहुदै प्राप्त सामाग्री कोरोना नियन्त्रणकोलागी निजगढ नगरपालिकालाई राहत पुगेको बताउनुभयो।
कार्यक्रममा नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामा,माला लामा,नेपाल विध्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार,नेपालि कांग्रेस निजगढका सभापती महेशी कुमर,उपसभापति नवराज तिमल्सीना,निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामा,सुचना अधिकारि रविन घिमिरे लगायतको सहभागिता रहेको नेपालि कांग्रेस निजगढका सचिव आशिष तामाङले बताउनुभयो ।

अघिल्लो सामग्रीधुर्मुस पुगे खाद्यान्न लिएर एकिकृत नमुना बस्तिमा ,ग्लोबल नेपलीज सोसाइटी द्वारा सहयोग-भिडियो
यसपछिको सामग्रीताप्लेजुङको मैवाखोला गाउँपालिकाले ५० मुरी धान फलाउने किसानलाई ४२५०० रुपैयाँ दिइने