उत्सिका आचार्य
म हरेक बिहान तुवाँलो र धुलो छिचोलेर धर्तिको कठोर सुस्कता चिर्न झुल्कने घामका किरण हेर्दै सोच्छु मेरो पनि त जीवनमा युवा बिहानीले चिहाईसकेछ। त्यसैले होला मलाई पनि छुन थालेको छ समाजको दुरावस्थाले आजकाल भत्किएका सडकमा ठेश लाग्दा कता कता मन भित्र दुख्छ धुलाम्य वायुमण्ल भित्र पुरै देश निसास्सिरहेको पाउछु मन दुखि हुदाँ मलाई शान्त पार्ने हिमाल आफै उजाडीएर उदाश पल्टिरहेको देख्छु।
म समचारमा सुन्छु एउटा अवोध बालिकाको बलत्कार अनि उसको नृशंस हत्या गुलाब जस्ति किशोरीको अनुहारमा तेजाब आक्रमण यसले म भित्रको नारित्व वेचैन बनेको पाउँछु अनि मलाई मेरो बुवासंग प्रश्न सोध्न मन लाग्छ बुवा, यस्तो गर्दा पुरुषहरुलाई आनन्द आउछ हो?
म हरेक दिन स्वदेशमा जाहान पाल्न विदेशमा रगत पसिना बगाउन जादै गरेका मानिसहरुको लस्कर देख्छु आफ्नो वौद्धिकता बेचेर स्वदेशको सम्पति लिलाम गराएर पराई देशमा सुखसयलमा बाच्ने सपना बुन्दै बस्ने मानिस भेट्छु विदेशिन नसकेकोमा पश्चाताप मान्दै मातृभुमिलाई धिक्कार्ने मानिस देख्दा मेरो मन उदेक मान्छ अनि मलाई मेरो दाजुसंग प्रश्न सोध्न मन लाग्छ दाजु , परदेशिनु र दाश बन्न जानुमा के फरक छ??
म बुझ्न थालेको छु भ्रस्टचारले मेरो देशलाई खोक्रो पारेको छ अदुरदर्शी र अकर्मण्य नेतृत्वका कारण शासनप्रणाली अस्तव्यस्त बनेको छll शिक्षा स्वास्थ केवल व्यापार गर्ने माध्याम भएको छ। वर्तमानमा केवल भविश्यको हत्या भैरहेको छ तर पनि यहाँ मानिसहरु फोहोरका डगुंरमाथी बसेर सफाईको भाषण छाटिरहेछन धिपधिपाउदो बत्ति पनि निभाएर प्रकाशको लागि भौतारीरहेछन आफ्नै अगाडी आफ्नि आमा बलत्कृत हुदाँ पनि बिलौना मात्र गर्न विवस छन जसले म भित्र विद्रोह सल्काईरहेछ अनि मलाई ईतिहाँसको बहादुरी सम्झेर वर्तमानमा मृत बाचिरहेको समाजसंग प्रश्न सोध्न मन लाग्छ, के हामीले पनि अविकसित देशमा लाचार भएरै जीवन बिताउने पर्ने हो र?
मलाई एउटी विरगंना भएर समाजको अस्तव्यस्ततासंग लड्न मन छ। अवोध किशोरीहरुको दिनदाहाडै अस्मिता लुट्ने गिद्धहरुलाई समाजबाट हटाउन मन छ। पहाड र तराईका फाँटमा पसिना बगाउन मन छ। सिमान बचाउन बलिदानी हुन मन छ। समाजमा नविन बिहानी ल्याउने ज्योति बन्न मन छ। आफ्नै माटोको स्याहार गरेर स्वाभिमानको बिरुवा हुर्काउन मन छ।।