१३ आषाढ,रौतहट
धनुषाको सबैलामा आफैले चलाउने टिप्परले किचिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। उदयपुरको कटारी नगरपालिका वडा नं २ बस्ने रत्नबहादुर तामाङ्गका छोरा २८ वर्षीय विष्णु भनिने बुद्ध लामाको शव आफैले चलाउने टिप्परले किचिएको अवस्थामा फेला परेको हो।प्रहरीका अनुसार घटना शनिबार साँझ ६ बजेको तिरको हो । मृतकको टाउकोमा टिपरको चक्का र बालुवाले छोपिएको कारण अनुहार प्रष्ट देखिएको छैन ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक इन्सपेक्टर राजेश सिग्देलका अनुसार मृतकको पहिचान नभएको र घटना अनुसन्धानकै क्रममा रहेको बताइएको छ। यता मृतक परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ । टिप्पर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या नै भएको मृतकका दाई हरि लामाको भनाइ रहेको छ ।घटना हत्या जस्तै देखिएकाले प्रहरीले अनुसन्धान नगरी शव उठ्न नदिने नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले बताएका छन् ।घटना भएको ठाउँ गाडी नफस्ने ठाउँ भएकोले प्रहरीले सुक्ष्म अनुसन्धान नगरेसम्म शव नउठाउने उनले बताए । टिप्पर चालु अवस्थामा रहेको र प्रहरी आएर बन्द गरेको बताइएको छ।

अघिल्लो सामग्रीसाझवाणी दैनिक असार १३ गतेको ई-पेपर
यसपछिको सामग्रीसाझावाणी दैनिक असार १४ गते को ई-पेपर