रौतहटमा ७१ बेडको कोरोना अस्पताल संचालन हुने

२० बैशाख,रौतहट
रौतहटको चन्द्रनिगाहापुरमा ४६ बेड कोभिड अस्पताल संचालनमा आउने भएको छ । कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेको हुदा संक्रमित हरुको उपचारका लागि तत्काल ७१ बेडको कोभिड अस्पताल चन्द्रपुरको सहिद स्मारकमा सञ्‍चालन आउने भएको छ। कोभिड संकट व्यवस्थापन समितिको बैठकले अक्सिजनसहितको एचडीयू बेड, आइसीयू र भेन्टिलेटर समेतको व्यवस्था गरेर अस्पताल सञ्‍चालनमा ल्याउने निर्णय गरेको हो। जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहका अनुसार कोरोना संक्रमितको उपचारका लागि तत्काल १० बेडको आइसीयू, ४ भेन्टिलेटर तथा १५ वटा एचडीयू बेड सञ्चालनमा ल्याइने छ । यस्तै चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिकाले संयुक्त रुपमा चन्द्रनिगाहपुरको शहीद पार्कमा ४६ बेडको कोभिड अस्पताल सञ्‍चालन गर्ने भएको छ।

अघिल्लो सामग्रीचितवन पहिलो जितको खोजीमा
यसपछिको सामग्रीचन्द्रनिगाहपुरको कपडा तथा फेन्सि पसलहरु बन्द