१ जेठ, सिराहा
सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।

निषेधाज्ञाकाबीच संक्रमण नफैलिओस् भन्ने अपेक्षा छ,’ कँणेलले भने, ‘विज्ञले नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुने भनेका छन् । त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ । अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं ।’

सिरहासहित प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले सप्तरी र बाराले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।रौतहटमा जेठ ७ गते राति १२ बजेसम्मका लागि र पर्सामा जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।धनुषा, महोत्तरी र सर्लाहीमा यसअघि नै जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

अघिल्लो सामग्री‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने
यसपछिको सामग्रीनेपाललाई आपतकालीन सहयोगको खाँचो – विश्व स्वास्थ्य संगठन