रौतहट २५ बैशाख
चन्द्रपुर नगरपालिकामा रहेका सहकारी संस्थाहरुले चन्द्रपुर ०४ मा रहेको अस्थायी कोरोना अस्पताल लाई आवश्यक औषधीहरु चन्द्रपुर नगरपालिकालाई शनिबार हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीलाई एक कार्यक्रमकाबिच नगर नगर क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाहरुबाट रकम संकलन गरि करिव १ लाख ११ हजार बराबरको औषधी नगर प्रमुखलाई हस्तान्तरण गरेको रौतहट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवकी नेपालले जानकारी दिए । चन्द्रपुर नगरपािलकाका नगर प्रमुख रामचन्द्र चौधरीले आफ्नो नागरिकहरुलाई कोरोना संक्रमणबाट जोगाउन चन्द्रपुर नगर क्षेत्रका विभिन्न संघसंस्थाको सहयोग अपपिरहार्य रहेको बताउनु हुदै चन्द्रपुर नगरपालिकाले पनि योजनाबद्ध ढंगले काम गर्दै आउनु भएको बताउनु भयो ।
संकटको घडीमा पनि सहयोग गर्न पाउदा र मानविय सहयोगमा आफुहरु लागी परि रहेको रौतहट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकी नेपालले बताउनु भयो । चन्द्रपुरमा रहेका रौतहट बचत तथा ऋण सहकारी संस्था , नवविकास सहकारी संस्था, स्वस्तिक सहकारी संस्था ,चन्द्रोदय सहकारी संस्था , हितैसी सहकारी संस्था , गणपति सहकारी संस्था , मेरो बचत सहकारी संस्था , सृजनसिल सहकारी संस्था , संकल्प सहकारी संस्था ,विन्दावासिनी सहकारी संस्था , सफल बचत सहकारी संस्था , सृष्टि सहकारी संस्था , सामुदायिक सहकारी संस्था , हातेमालो सहकारी संस्था , यातायात सहकारी संस्था , एकिकृत सहकारी संस्था, प्रवत सहकारी संस्था डुमरिया र रामकुमार कोइराला स्मृति प्रतिष्ठान लगायत १८ ओटा संस्थाहरुबाट संकलन गरिएको रकमबाट विभिन्न आवश्यक औषधीहरु खरिद गरि शनिबार हस्तान्तरण गरेको हो ।