रौतहट, १९ वैशाख ।नेपालमा प्रतिबन्ध रहेको भारतीय कुखुरा ९बोईलर० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका अनुसार परोहा नगरपालिका ९ खाँप स्थित नेपाल भारतको दशगजा क्षेत्र भएर तिन वटा साइकलमा भारतीय कुखुरा लिएर नेपाल प्रवेश गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दा उनीहरु साइकल छाडी भारत तर्फ भागेको र तिन वटा साइकलमा १४५ थान कुखुरा वेवारिसे अवस्थामा बरामद गरिएको हो ।
साढे ७२ हजार मूल्य बराबरको बरामद गरिएको कुखुरालाई गण भित्र खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कोभिड १९ लाई मध्यनजर राख्दै सिमा क्षेत्रमा कडाई गरिएको भएपनि खुला सिमाको कारण चोरी तस्करी नियन्त्रण हुन सकेको छैनन् ।

अघिल्लो सामग्रीमास्क नलाउनेलाई धमाधम कार्वाही गर्दै रौतहट प्रहरी
यसपछिको सामग्रीचन्द्रपुरमा साइकलसहित काठ बरामत