३० बैशाख ,रौतहट
बारा जितपुर सिमराका उपमहानगरपालिका वडा नं।४ का वडाध्यक्ष ईश्वर बहादुर खत्रीले आफ्नो निजि कार लाइ एम्बुलेन्स बनाएका छन्।दोस्रो लहरको कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि वडाध्यक्षले आफु चढ्ने निजि कार लाई निशुल्क सर्बसधारणलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न आहवान समेत गरेका छन् । सरकारी नम्बर प्लेटको गाडिलाई बिरामी ओसारपोसार गर्न आनाकानी भईरहेको समयमा बा १४ च ६१३८ नम्बरको कार निशुल्क सर्बसधारणलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिइएको वडाध्यक्षले बताएका छन्। खत्रीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको मातहतमा एउटा पनि एम्बुलेन्स नभएको, संघसंस्थाले सञ्चालन गरेको एम्बुलेन्स सहि समयमा नआउने र कोभिडका बिरामीको नाम सुन्दा बिभिन्न बहाना बनाउदै आउनै नमान्ने लगायतका कारणले आफनो निजी कारलाई एम्बुलेन्स बनाएको हो। उनले सामाजिक सञ्जालको माध्यमबाट बिरामीलाई अस्पताल लैजानुपरेमा आकस्मिक सेवाको रुपमा निशुल्क रुपमा प्रयोग गर्न सम्पुर्ण वडाबासीलाई अनुरोध गरेका छन् ।उनले आफनो सम्पर्क नम्वर ९८५५०२ ९६५८ र गाडि चालक को ९८५४०३४६५५ सम्पर्क नम्बर सार्बजनिक गरेका छन् । त्यस्तै निजगढ नगरपालिकाको नगर प्रमुख सुरेश कुमार खनाल र सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख बिजय शंकर यादबले पनि आफु चढ्ने सरकारी नम्बर प्लेटको गाडिलाई आवश्यक परेको बेला एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने घोषणा गरेकाछन् ।
आवरण वडाध्यक्ष खत्रीले आफ्नो निजि कारलाइ एम्बुलेन्स बनाए