जेठ,३ रौतहट/रौतहटमा आज कोविड १९ का ३६ संक्रमित थपिएका छन । जिल्ला अस्पताल गौरमा रहेको पिसिआर ल्याबमा गरिएको स्वाब परिक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।आज भएको १७० जनाको स्वाब परिक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमित भई निको भएर ११ जना घर समेत फर्किएका छन ।
जिल्लामा सबैभन्दा बढी चन्द्रपुरमा र गौरमा १११–१११ संक्रमित रहेका छन ।
रौतहटमा कोरोना संक्रमितको कुल सँख्या ६ सय ७० पुगेको छ । यस्तै जिल्लाको गौर अस्पतालमा १९ जना , चन्द्रपुर २ मा रहेको शहिद पार्कमा ०३ र परोहा अस्पतालमा १ जना संक्रमित रहेका छन् भने ६४२ जना होम आइसोलेसनमा रहेका छन् । दोस्रो लहरको कोरोना संक्रमण सुरु भए देखी संक्रमण भई ८६ जना निको भईसकेका छन् ।पछिल्लो २४ घण्टामा अस्थायी कोविड अस्पताल गौरमा १ जना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा १ संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोनाको दोश्रो लहरका कारण ज्यान गुमाउने सँख्या रौतहटमा ५३ पुगेको छ ।
अन्य दिनको तुलनामा आज संक्रमित र मृत्यु दरमा कमि आएको छ ।