बैशाख २३ रौतहट
रौतहटमा बैशाख २४ गते १२ बजे राति बाट निषेधाज्ञा हुने भएको छ । आज जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) बसेको बैठकले बिश्व माहामरीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संत्रमण को उच्च जोखिम रहेकोले शुक्रबार राति १२ बजे देखी लागु हुने गरी बैशाख ३१ गते सम्मको लागी निषेधाज्ञा जारी गरीएको हो । जिल्लाको बिभिन्न स्थानहरुमा कोरोना संत्रमण बढ्दै गएको हुनाले जनस्वास्थमा गम्भिर असर पर्ने भएको हुनाले रोकथाम तथा नियन्त्रणको लागी निषेधाज्ञा गर्ने निर्णय भएको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) का संयोजक तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साझवाणी दैनिकलाई जानकारी दिए ।
हेर्नुस निषेधाज्ञा अवधिभर गर्न हुने र नहुने कार्यहरु