१ जेष्ठ,रौतहट
रौतहटमा कोरोनाको संक्रमित संख्या बढदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा आज देखि थप कडाई गरेको छ ।

प्रमुख शहरका राजमार्ग र सहायक राजमार्गमा सबारी साधन चल्न रोक लगाएर मानिसहरुको आवागमनलाई फितलो बनाइएको छ । रौतहटमा निषेधाज्ञा जारी भएपछि प्रमुख शहरका बजारहरु सुनसान रहेको छ ।

रौतहटमा परिक्षण गराएका कोरोना संक्रमितको संख्या ६ सय ३९ पुगेपछि स्थानीय प्रशासनले आज देखि सार्बजनिक यातायात र नीजि सबारी साधन लाई चल्न बाट रोक लगाएको छ ।

त्यसैगिर फुटपाथ, खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा एकै स्थानमा रोकी राखि संचालन हुने ब्यापार ब्यबसाय एबम कबाडी संकलनका साथै हाट बजार लाई पुर्णरुपमा संचालनमा रोक लगाएको छ ।

निर्माण सामग्री ढुवानीको हकमा भने राती ८ बजे देखि बिहान ७ बजे भित्र आवागमन गर्ने र उक्त अबधि भित्र लोड अनलोड गरि गन्तब्यमा पुगि सक्नु पर्ने छ ।

कोराना संक्रमितहरु मध्ये अधिकाश अस्थायी कोरोना अस्पतालमा भन्दा पनि उनीहरु होम आईसोलेसनमा बसेर उपचार गराईरहेका छन । होम आईसोलेसनमा बस्नेको संस्या भने ५ सय १९ जना रहेका छन । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले निषेधाज्ञाको उल्लघन गरेमा संक्रमण ऐन २०२० एवम स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने बताउनुभयो ।

अघिल्लो सामग्रीओलीको विकल्प खोज्नैपर्छ, डा भट्टराई
यसपछिको सामग्रीनेपाल सुपर लिग (एनएसएल) पहिलो च्याम्पियनको लागी काठमाडौं र धनगढी भिड्दै