२१ बैशाख ,रौतहट
कोरोनाको संक्रमण बढी रहेको बेला रौतहटका बिरामीहरुको उपचारको लागी तत्काल ७१ बेडको कोविड अस्पताल संचालन हुने भएको छ । जिल्ला स्थीत कोविड संकट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरुमा कोविड अस्पताल संचालनका लागी निर्णय गरेको हो ।

जसअनुसार पहिलो चरणमा चन्द्रनिगाहपुरमा ४६ बेडको र गौर अस्पतालमा १५ बेडको कोविड अस्पताल संचालन हुने भएको छ । अक्सीजन सहितको एचडियू बेड, आइसियू र भेन्टीलेटर समेतको व्यवस्था गरेर अस्पताल संचालन हुन लागेको हो । गौर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागी तत्काल १० बेडको आइसीयू, ४ भेन्टीलेटर तथा १५ वटा एचडियू बेड सँचालन हुने अस्पतालका डा.कृष्ण साहले बताए । संक्रमितहरुको उपचारको लागी आवश्यक पर्ने सबै तयारीहरु अन्तीम चरणमा पुगेको छ । निमित मेडिकल सुपरिटेन्डेन्ट डा। साहले भने “गौर अस्पतालको माथिल्लो तल्लामा कोविडका विरामीको लागी एचडियू बेड, आइसीयू र भेन्टीलेटर सहितको कक्ष तयार गरेका छौं ।

गौर अस्पतालमा अक्सीजन सहितको आवश्यक सेवा संचालनमा आए पछि बिरामीहरुलाई सहज हुने उनले बताए । यता गौर नगरपालिकाले गौर नसिङ इन्सटिच्यूटमा १० बेडको छुट्टै कोविड अस्पताल संचालन गर्ने भएको छ । बिरामीको चाप बढन सक्ने अवश्थालाई मध्यनजर गर्दै नगरपालिकाले अस्पताल संचालनको तयारी गरेको नगरप्रमुख अजय गुप्ताले बताए । गौर अस्पताललाई चाहिने आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरु करारमा भर्ना गर्न बाटो खुलिसकेकोले अब जनशक्तिको अभाव नहुने उनले बताए । अस्पताललाई चाहिने सबै किसिमको सहयोगको लागी नगरपालिका अगाडी आउँछ ।मेयर गुप्ताले भने नागरिकको स्वास्थ्य सुरक्षित राख्न गौर अस्पताललाई हामी श्रोत साधनको कमी हुन दिदैनौं । सरकारले होम आइसोलेसनको अवधारणा ल्याएकोले तत्कालको लागी सबैभन्दा जरुरी देखिएको स्वास्थ्य सुरक्षाका लागी केविड अस्पतालहरुको व्यवस्थापनमा आफूले जोड दिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । जिल्लामा तिन स्थान बाहेक अन्य नगरपालिकाहरुले पनि ५–१० बेडको कोविड अस्पताल संचालन गर्ने तयारी रहेको उनले बताए । गौर अस्पतालमा ३२ बेडको कोविडवार्ड समेत बनाइएको उनले बताए । चन्द्रपुर, वृन्दावन, गढीमाई र गुजरा नगरपालिले संयुक्तरुपमा चन्द्रनिगाहपुरको शहिद पार्कमा ४६ बेडको कोविड अस्पताल संचालन गर्दै छ । प्रमुख जिल्ला अधिकारी यादवले भने, लक्षण सहितको बिरामीलाई कोविड अस्पतालमा निशुल्क उपचारको व्यवस्था हुने छ ।

अघिल्लो सामग्रीचन्द्रनिगाहपुरको कपडा तथा फेन्सि पसलहरु बन्द
यसपछिको सामग्रीना ४ ख ९५९८ नम्बरको ट्रकमा आगलागी हुँदा साढे २ लाख भन्दा बढिको क्षति