१ जेठ,रौतहट
रौतहटमा शनिबार ३७ जनामा कोरोना पुष्टि भएको छ । रौतहटको गौरमा शनिबारबार पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो भने एन्टिजेन परिक्षणमा ४जनाको कोरोना पोेजेटिभ आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । शनिबार रौतहटको गौरमा ५जना र उपचाररत रहेका ५ जना अन्य स्थानमा मृत्यु भएसँगै रौतहटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।आज एकै दिन रौतहटका १० जनाको मृत्यु भएको छ ।रौतहटको गौरमा मृत्यु हुनेहरुमा माधब नारायण नगरपालिकाका गढो स्वास्थ्य चौकिका प्रमुख फेकन ठाकुर, वृन्द्रावनका रबि यादब,चन्द्रपुरका धरमराम,फतुवाबिजयपुरका बिहारी रावत,दिपहिका नन्दलाल प्रसादको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।शनिबारसम्म रौतहटमा सक्रिय संक्रमितको संख्या ५७७ रहेका छन भने ७३ जना निको भएर घर फर्किएका छन् ।
आवरण रौतहटमा कोरोनाबाट १० जनाको मृत्यु, ३७ जनामा कोरोना पुष्टि