१ जेठ रौतहट
रौतहटमा थप गरिएको निषेधाज्ञाको पहिलो दिन सुनसान देखिएको छ । गत बैशाख २१ गतेबाट जारी गरिएको निषेधाज्ञा ३१ गते समय अवधि समाप्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारबाट एक साता जेठ ७ गतेसम्म थप गरेको छ । थप गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार रौतहटका ग्रामिण क्षेत्रदेखि शहरी क्षेत्रहरुमा प्रहरीले कडाईका साथ अनुगमन गरेको थियो ।
रौतहटको चन्द्रनिगाहपुर , गरुडा , कटहरिया , बालचनपुर , मौलापुर , गौर लगायत १८ ओटा स्थानिय तहहरुमा रहेका बजार क्षेत्रह्रमा सञ्चालनमा रहेका सम्पुर्ण ब्यापार ब्यावसायहरु बन्द गरिएको थियो । मानिसहरुको आवतजावत समेत शुन्य रहेको बताइएको छ । प्रहरीले कडाइ गर्दा समेत अटेर गर्ने केही सवारी साधनहरु भने कारवाही गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले निशेधाज्ञा उल्लघंन गर्ने टिफर ३ वटा, मोटरसाईकल ३८ वटा, जीप–१ वटा, ई–रिक्सा ३ वटा र ट्रयाक्टर ९ वटा समेत गरी जम्मा ५४ वटा सवारी साधनहरु र ३ जना मानिस नियन्त्रणमा लिईएको जनाएको छ । त्यसैगरि मास्क नलगाएका पुरुष ६० जना र महिला १ जना गरी जम्मा ६१ जनालाई कारवाही गरी ६ हजार एक सय राजश्व संकलन गरेको र ६१ जनालाई मास्क वितरण गरिएको समेत जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।