आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २ं१ गोल अन्तरले पराजित गरेको छ।इटालियन सिरीया ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

खेलको १०औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई सुरुवाती अग्रता दिलाएका थिए तर,दोस्रो हाफको अन्तिम १० मिनेटभित्र युभेन्ट्सले दुई गोल फर्कायो ।
खेलको ८३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १ १ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २१ को जित दिलाए ।जितसँगै युभेन्ट्सले ३४ खेलमा ६९ अंक जोडेको छ भने युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।उडिनेजे ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

अघिल्लो सामग्री२०७८ को राष्ट्रिय जनगणना स्थगित
यसपछिको सामग्रीइन्टरलाई ११बर्षपछि सिरीया ए को उपाधि