रौतहट, १९ वैशाख कोभिड १९ को संक्रमण नबढोस् भनी रौतहट प्रशासनले कडाई गर्न सुरु गरेको छ ।
आईतबार मात्रै मास्क नलगाएर सार्वजनीक रुपमा हिड्ने १५२ जनालाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सदरमुकाम गौर सहित मातहतका प्रहरी युनिटहरु जिल्लाको विभिन्न स्थानहरुमा विहानै ६ बजे देखि ५ बजे सम्म चेकजाँच गर्ने क्रममा १५२ जना मास्क नलगाउने विरुद्ध कारवाही गरिएको हो ।
घरबाट बजारमा निस्किएका १२१ पुरुष र ३१ महिलालाई कारवाही गर्दै १५२०० जरिवाना गरी राजश्व संकलन गरिएको छ भने १५ जना पुरुष र १० जना महिलालाई एक घण्टा होल्डिंग गरेर सम्झाई बुझाई छाडिएको तथा ६६७ जनालाई मास्क वितरण गरिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
कोभिड १९ को जोखीम बाट कोही पनि अछुतो नरहेको कारण सावधानी अपनाउन रौतहट प्रंशासनले अनुरोध समेत गरेको छ ।

यो पनि……

https://www.esajhavanidainik.com/archives/1786

अघिल्लो सामग्रीबजेट अभावको कारण,पालिकाले बनाएको आइसोलेसन संचालनमा आएन
यसपछिको सामग्रीसशस्त्र प्रहरी द्धारा अबैध कुखुरा बरामद गरी नष्ट