१ जेष्ठ ,म्याग्दी
अक्सिजनको अभावमा देशका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित छटपटाइरहेका बेला म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ ।
बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ ।
त्यसका साथै तीव्र रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले जनाएको छ ।