२७ बैशाख,जनकपुर
महोत्तरीको बर्दिबास नगरपालिकाले भोलि मंगलबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।नगरपालिकाले आज एक सूचना जारी गर्दै भोली मंगलबार २८ गतेदेखि ३१ गतेसम्म लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको छ।

यस अवधिमा भने स्वास्थ्यसम्बन्धी सेवा, दमकल, एम्बुलेन्स, फोहोरमैला, नगर प्रहरी र सुकुमबासी समस्या समाधान आयोगसम्बन्धी लगत प्रविष्ट एवं नापजाँचसम्बन्धी कार्यहरु भने सुचारु नै रहने प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीले जनाएको छ।

विश्वव्यापी रुपमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिदै गएपछि महोत्तरी जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैशाख १९ गते निर्णयले गत २१ गते मध्यरात देखि ३१ गते सम्म जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ।

अघिल्लो सामग्रीप्रधानमन्त्रीले विश्वासको मत लिन यस्तो छ फोटो फिचर
यसपछिको सामग्रीओलीलाई देश र जनताको हितमा काम गर्न कहाँ कसले रोक्यो –देउवा