२७ वैशाख, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । २३२ सांसद उपस्थित भएकोमा १५ जना तटस्थ बसेका छन् ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपपस्थित नै भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

अघिल्लो सामग्रीओलीलाई देश र जनताको हितमा काम गर्न कहाँ कसले रोक्यो –देउवा
यसपछिको सामग्रीअब सरकार गठनका ३ विकल्प