जनकपुरधाम । प्रदेश २ का जिल्लाहरुमा मध्यरातदेखि नै हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । बंगालको खाडीबाट विकसित भएको यास चक्रपातका कारण जारी वर्षाले जनजीवन प्रभावित पारेको हो ।
वर्षाले अत्यावश्यक कामका लागि पनि मानिसहरु अत्यावश्यक कामको लागि गन्तव्यमा पुग्न समस्या भइरहेको छ ।
वर्षाको पानीले जनकपुरधामका बस्ती डुबानमा पर्न थालेको छ । पानीको निकास नहुँदा जनकपुरधामको किशोरी टोलका कैयौं घरमा पानी पसेको छ । वर्षाले गाउँ–घरको सडक पनि अवरुद्ध बनेको छ ।


धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीमा बाटो नै अवरुद्ध बनेपछि सवारी आवत–जावत अवरुद्ध भएको छ । सडकमा जमेको हिलोले एम्बुलेन्स समेत जाने अवस्था छैन । रातिदेखि नै वर्षा जारी रहेकाले नदीनालामा बाढी आउने खतरा पनि बढेको छ ।

अघिल्लो सामग्रीतेश्रो पटक पुनः ७ दिनको लागी जिल्लामा निषेधाज्ञा थप
यसपछिको सामग्रीआज प्रधानमन्त्री ओलिले ४ बजे सम्बोधन गर्ने