०१ जेठ,काठमाडौं
नेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज उपाधि भिडन्त साँझ ५.३० बजे सुरु हुनेछ । पहिलो संकरणको फाइनलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैदानमा उत्रदा दुबै टिम पहिलो च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् ।प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताएका छन् ।

काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको सुनाए ।लिग चरण र सेमिफाइनल (प्लेअफ) मा हार भएको थियो । त्यो खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि घरमै राख्ने योजना साथ खेल्छौं,’ प्रशिक्षक महर्जनले भने ।उनले अघिल्ला दुई खेलमा धनगढीसँग पराजित भएको र तेस्रो भेटमा भने बदला लिने सुनौलो अवसर रहेको बताए ।

‘यो हाम्रो तेस्रो भेट हो । यहाँसम्म आउँदा कहिल्यै सहज भएन । फाइनल खेल समेत निकैनै प्रतिस्पर्धात्मक हुन्छ । काठमाडौंलाई सम्मान गर्छौ । बिश्वास छ उपाधि जित्नको लागि खेल्छौं ।’ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान समेत रहेका किरणले भने ।

फाइनलमा दुबै टोलीको अट्याकिङ लाइन बलियो देखिन्छ । धनगढीका स्ट्राइकर ओलावाले आफिजले ४ गोल गरेका छन् । काठमाडौंकामेसौके ओलोमेउले ७ गोल गरिसकेका छन् । मेसौके प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो र एक्ला खेलाडी समेत हुन् ।

अघिल्लो सामग्रीरौतहटमा निषेधाज्ञा आज देखि कडाई
यसपछिको सामग्रीबेनी अस्पतालमा अक्सिजन बैंक स्थापना